हेटौँडा ९ मा करेन्ट लागेर पाख्रिन दम्पतीको मृत्यु

टुडे संवादाता
२०७७ चैत्र ३०, सोमबार १२:२३ गते

हेटौँडा/हेटौँडा ९ मा करेन्ट लागेर एक दम्पतीको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ९ शान्तिचोक बस्ने ३५ वर्षीय समिर पाख्रिन र उनको श्रीमती ३० वर्षीया अन्सु पाख्रिन रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

प्रहरी नायब उपरीक्षक रिमालका अनुसार, बिहान ९ बजे पाख्रिन दम्पतीले आफ्नो घरको मिटर बक्समा झोलिएको तारलाई फलामको डन्डिले उठाउन खोज्ने क्रममा करेन्ट लागेर उनीहरु गम्भीर घाइते भएका थिए ।
घाइते उनीहरुको हेटौँडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मृतक दम्पतीको शव हाल हेटौँडा अस्पतालमा राखिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*