कान्छी म्युजिक भिडियो सार्वजनिक

हेटौडा टुडे
३० चैत्र २०७७, सोमबार १६:४९

हेटौंडा । मकवानपुरे गाएक सोभराज तामाङ द्वारा निर्मित कान्छी म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

सोमबार पत्रकार सम्मेलन गर्दै उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको हो । म्युजिक भिडियोमा गायक सोभराज तामाङको स्वर रहेको छ भने म्युजिक भिडियोमा निरु थिङ ,युभास श्रेष्ठ ,दिपक लामा ,

सुरिना तामाङ लगाएतको अभिनय रहेको छ ।यस्तै म्युजिक भिडियोको छायांकन ,सम्पादक र निर्देशन विशाल राज राईले गरेका छन। प्रेम कथामा आधारित रहेको म्युजिक भिडियोको रेकर्डिङ हेटौंडामा नै गरिएको निर्देशक विशाल राज राईले बताए ।                        म्युजिक भिडियोको छायांकन मकवानपुरको भैसे ,रातोमाटे पार्क,सल्लाघारी लगाएतका क्षेत्रमा गरिएको निर्देशक राईले बताए । करिब १ लाख भन्दा बढीको लागतमा उक्त म्युजिक भिडियो निर्माण गरिएको बताईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*