सोमवार मात्र कोरोना भाइरसबाट १३ जनाको मृत्यु

टुडे संवादाता
३० चैत्र २०७७, सोमबार १८:०६

हेटौंडा/पछिल्लो केहिदिन यता नेपालमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएको छ । साथै मृत्यु हुनेको संख्या पनि बढ्दै गएको छ ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या १३ जना रहेको स्वास्थ्य मन्त्रालयलले जनाएको छ ।
यो संगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ५३ पुगेको छ ।

यसैगरि पछिल्लो २४ घण्टामा थप ५५९ जनामा संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा स्रंक्रमण पुष्टि हुनेको संख्या २ लाख ८० हजार ५ सय २४ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १३८ जना निको भएका छन् । यो संगै नेपालमा कोरोना निको हुनेको संख्या २ लाख ७४ हजार १ सय ६५ पुगेको छ ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ३ हजार ३०६ रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*