कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलाई पारिवारिक शोक

टुडे संवादाता
३० चैत्र २०७७, सोमबार १८:२३

हेटौंडा/नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलाई पारिवारिक शोक परेको छ । उनका माइला भाइ गोविन्दराज पौडेलको ७५ वर्षको उमेर सोमवार चितवनको रत्ननगरस्थित आफ्नै निवासमा निधन भएको हो ।

व्यास नगरपालिकाको २९ औं पदस्थापन दिवसको कार्यक्रममा प्रमुख अतिथि रहेका वरिष्ठ नेता पौडेल भाइको निधनको खबर पाएलगत्तै चितवन गएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत भाइको निधनले आपूm एक्लो भएको उल्लेख गरे । ‘नाताले भाइ भए पनि मेरो साथी जस्तै गरी सबै कुरामा साथ सहयोग पाउँदै आएको थिए । राजनीतिक जीवनकालमा सधैं सहयोगी भूमिका निर्वाह गर्दै आएका भाइको निधनबाट मैले आफूलाई एक्लोे महसूस गरेको छु,’ नेता पौडेलले शोक सन्देशमा उल्लेख गरेका छन् ।

पौडेलको निधनप्रति नेपाली कांग्रेस तनहुँले दुःख व्यक्त गरेको छ । पार्टीका जिल्ला सभापति बैकुष्ठ न्यौपानेले असल अभिभावक गुमाउनुपर्दा पार्टी र समाजलाई अपूरणीय क्षति पुगेको उल्लेख गरेका छन् ।

स्व। पौडेलका पत्नी बन्दना, छोरा अनिल तथा छोरीद्वय शान्ता हुमागाईं र कान्ता हुमागाईं छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*