जंगली कुकुरको आक्रमणबाट यस वर्ष मात्र १० वटा वन्यजन्तुको मृत्यु

टुडे संवादाता
३० चैत्र २०७७, सोमबार १९:२९

हेटौंडा/हेटौंडामा जंगली कुकुरको आक्रमणबाट शृङखलाबद्ध रुपमा चित्तल मर्न थालेका छन् । हेटौंडा १० बन विज्ञान अध्ययन संस्थानको जंगलमा रहेका चित्तलहरु कुकुरको आक्रमण बाट मर्न थालेका हुन् । संम्बन्धित निकायले चासो नदेखाउँदा हेटौंडामा चित्तल मर्ने शृङखला रोकिएको छैन ।

हेटौंडा १० बन बिज्ञान अध्ययन संस्थान देखी राप्ति खोला सम्म फैलिएको जंगल क्षेत्रमा चित्तल र मृगहरुको बसस्थान रहेको छ । चित्तलहरू घना सदाबहार जङ्गल तथा मिस्रित सदाबहार जङ्गलहरू र खुल्ला घासेमैदानहरूमा ठूलो मात्रामा पाइन्छन् ।

नेपालको तराई क्षेत्र तथा आसपासका अग्ला घासेमैदान र बुट्यान पाइने क्षेत्रहरूमा यीनीहरूको बाक्लो उपस्थिति रहेको छ । वन–विज्ञान अध्ययन संस्थान हेटौंडाको जंगलमा भएका वन्यजन्तुहरु भुस्याहा कुकुरदेखि असुरक्षित बनेका छन् ।

हेटौँडा उपमहानगरपालिकाको डम्पिङ साईडमा लगाईएको तारबारमा चित्तलहरु अल्झने गरेका छन् । त्यही समयमा जंगली कुकुरको आक्रमण बाट चित्तल मारिने गरेका छन् ।

यस आर्थिक वर्षको चैत्र ३० गते सम्म १० वटा वन्यजन्तुको मृत्यु भएको डिभिजन वन कार्यालय हेटौंडाका सुचना अधिकारी अच्यूत लामिछानेले जानकारी दिनुभयो ।

मृत्यु हुनेमा ६ वटा भाले चित्तल,एउटा पोथी चित्तल , एउटा चित्तल , एउटा निर बिरालो र एउटा रतुवा मृगको मृत्यु भएको डिभिजन वन कार्यालय मकवानपुरले जनाएको छ ।

मृत्यु भएका १० वटा वन्यजन्तु मध्ये नौँ वटा बन्यजन्तुको मृत्यु कुकुरको टोकाईबाट भएको हो । शृङखलाबद्ध रुपमा जंगली कुकुरको आक्रमणबाट वन्यजन्तु मर्न थालेपछि वन विज्ञान अध्ययन संस्थानको परिसरभित्र प्रवेश गर्ने गेट सधै खुल्ला हुुने, पर्खालमा तारबार ब्यबस्थित नभएको र खुल्ला सिमानाका कारण जंगलीकुकुहरु जंगलभित्र छिर्ने गरेको वन विज्ञान अध्ययन संस्थानका विद्यार्थी सुजन खतिवडाले बताउनुभयो । शृङखलाबद्ध रुपमा बन्यजन्तुको मृत्यु हुने क्रम नरोकिए पछि वन विज्ञान अध्ययन संस्थानमा अध्यनरत विद्यार्थीहरुले पर्खालमा तारबारलाई मर्मत गर्ने सरसफाई गर्ने काम गरेका छन् ।

संम्बन्धित निकायलाई पटक पटक ध्यानाकर्षण गराउदा समेत सुनुवाई नभएपछि विद्यार्थीहरु मिलेर सरसफाई गर्ने ,पर्खालमा तारबार मर्मत गर्ने ,समय समयमा जंगलमा गस्ति गर्ने गरेको वन विज्ञान अध्ययन संस्थानका विद्यार्थी खतिवडाले बताउनुभयो ।

वन्यजन्तु संरक्षणका लागी उपमहानगरपालिका ,वन कार्यालय र वन विज्ञान अध्ययन संस्थाले संयुक्त प्रयास गरेको देखिदैन । सम्बन्धित निकायले बन्यजन्तु संरक्षणमा ध्यान नदिदाँ बन्यजन्तुको अस्थित्व मेटीने खतरा बढेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*