जबरजस्ती करणी गरेको अभियोगमा एक जना प्रकाउ

हेटौंडा टुडे
२ बैशाख २०७८, बिहीबार १५:०५
साङे्केतिक तस्बिर

हेटौंडा / जिल्ला प्रहरी कार्यालय मकवानपुरले जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रकाउ गरेको छ ।

पक्राउ पर्नेमा पर्सा जिल्ला बिरगंज महानगरपालीका वडा नं २३ घर भई हाल हेटौंडा ६ डेरा गरी बस्ने बर्ष २१ को बिशाल पासवान रहेका छन् । बुधवार(हिजो) रातको १०ः३० वजेको समयमा पुतलीबाजर नजिकैको खहरे खोलाको बगरमा एक जना नावालिकालाई सामुहिक करणी भएको भन्ने सूचना प्राप्त भएपछि प्रारम्भिक अनुसन्धान गर्दा उक्त घटना सामुहिक करणी नभई बालिकाको केटासाथी पासवान रहेको प्रहरीले जनाएको छ । पासवानलाई नियन्त्रणमा लिई थप अनुसन्धान अगाडी बढाइएको मकवानपुर प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*