हेटौंडा / प्रेस काउन्सिल नेपालले सूचना विभागमा दर्ता नभएका दुईवटा वेबपोर्टललाई नेपालभित्र सम्प्रेषण हुन सनक्ने गरि बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको छ ।
काउन्सिलले शुक्रवार विज्ञप्ति जारी गरी वैशाख २ गते अपरान्हदेखि बिना आधिकारिक डकुमेन्ट ‘अनअफिसियल ट्रान्सलेसन’ को हवला दिदै सञ्चारमाध्यमको जिम्मेवारीबोधको समेत ख्याल नगरी तथ्यहीन,पुष्टि नभएका सामाग्री सम्प्रेषण गरी सनसनीखेज गराउने उद्देश्यले जनमानसमा भ्रम पार्ने र अन्तर्राष्ट्रिय सम्बन्ध एवम् भाइचारको सम्बन्धमा गम्भीर असर पु¥याउन खोजेको जनाएको छ ।
प्रेस काउन्सिल नेपालले भारतीय गुप्तर एजेन्सी ‘रअ’ का प्रमुख सामन्त गोयल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच लिखित सहमति भनी विभिन्न न्युज पोर्टलहरुमा सम्प्रेषित सामाग्री भ्रामक र तथ्यहीन रहेको भन्दै २४ घण्टे स्पष्टीकरण माग गरेको छ ।