फरेष्ट्रिका विद्यार्थीहरुले गरे हेटौंडामा सचेतानामुलक प्रर्दशन (फोटो फिचर)

हेटौंडा टुडे
४ बैशाख २०७८, शनिबार १४:३६

हेटौंडा / बन्यजन्तु संरक्षणकालागी बन विज्ञान अध्ययन संस्थान हेटौंडाका विद्यार्थीहरुले आज शनिबार हेटौंडामा सचेतानामुलक प्रर्दशन गरेका छन् ।

बन्यजन्तु सप्ताहब्यापी कार्यक्रम अन्र्तगत आज शनिबार उनीहरुले हेटौंडामा विभिन्न प्लेकार्ड देखाउदै प्रर्दशन गरेका हुन् । विद्यार्थीहरुले बन्यजन्तु संरक्षणका लागी जनचेतना जगाउने उदेश्यले बन्यजन्तु सप्ताह मनाईरहेका छन् । सप्ताहब्यापी कार्यक्रम अन्र्तगत आज शनिबार बिहान बन विज्ञान अध्ययन संस्थानदेखी बुद्धचोक सम्म विभिन्न सन्देशमुलक प्लेकार्ड सहित प्रर्दशन गरेका हुन् । उनीहरुले आफ्नो अनुहारमा विभिन्न बन्यजन्तुको चित्र समेत बनाएका थिए ।

बन्यजन्तु संरक्षणमा सबै क्षेत्रको सहकार्यको अपेक्षा रहेको बताउँदै मानिसमा सकारात्मक सोचको वृद्धि गर्देे संरक्षणमा टेवा पु¥याउने उदेश्यले कार्यक्रम गरीएको बन विज्ञान अध्ययन संस्थान हेटौडामा अध्ययनरत विद्यार्थी सुजन खतिवडाले बताए । सप्ताहब्यापी कार्यक्रममा अन्तक्र्रिया, वन्यजन्तु सम्बन्धी जानकारी फोटो प्रदर्शनी बन्यजन्तुको खानेपानी मुहान संरक्षण लगाएतका कार्यक्रम गरीने बताईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*