आगामी बैशाख मसान्तसम्म शहरी क्षेत्रका विद्यालयहरु बन्द गर्न सिफारिस

हेटौंडा टुडे
४ बैशाख २०७८, शनिबार १६:२०

 

हेटौंडा /आगामी बैशाख मसान्तसम्म शहरी क्षेत्रका विद्यालयहरु कोभिड– १९ व्यवस्थापन केन्द्र (सीसीएमसी) ले बन्द गर्न  सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ  ।

सिंहदरबारमा आज शनिबार बसेको बैठकले बैशाख मसान्तसम्म विद्यालय बन्द गर्ने निर्णयसँगै सरकारलाई सिफारिस गरेको जनाइएको छ । अन्य स्थानको हकमा भने प्रदेश र स्थानीय तहले निर्णय गरेअनुसार हुने बैठकले निर्णय गरेको जनाइएको छ ।केही दिनअघि मन्त्रालयले विद्यालय बन्द गर्न सुझाव दिइसकेको छ भने काठमाडौं महानगरपालिकाले पनि कोरोना संक्रमण देखिएका विद्यालयहरु एक हप्ताका लागि बन्द गर्न निर्देशन दिइसकेको छ ।

पछिल्लो समय उपत्यका तथा सहरी क्षेत्रमा रहेका बालबालिकामा कोरोना संक्रमण देखिन थालेको मन्त्रालयले जनाएको छ । साथै, विद्यालय बन्द गरेर कोरोना संक्रमण रोकथाम गर्ने विषयमा शनिबारको बैठकले आगामी बैशाख मसान्तसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।मन्त्रालयले यसअघि नै १४ जिल्लाका विद्यालयमा नजान आग्रह गरिसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*