गजल मञ्च मकवानपुरकाे नियमित गजल यात्रा

टुडे संवादाता
४ बैशाख २०७८, शनिबार १७:४८

हेटाैंडा/गजल मञ्च मकवानपुरकाे १७७ औं नियमित गजल यात्राकाे शृङ्खला शनिबार सम्पन्न भएकाे छ ।

मञ्चका अध्यक्ष देवराज तिवारीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा मकवानपुरका बरिष्ठ हास्यव्यङ्ग्यकार आरसी रिजालकाे प्रमुख आतिथ्यता रहेकाे थियाे ।

कार्यक्रममा गजल मञ्च मकवानपुरका पूर्व अध्यक्ष एवम् झरना साहित्यिक परिवारका अध्यक्ष दीपक गाैतम, सिस्नुपानी मकवानपुरका अध्यक्ष डा. गणेशकुमार पाैडेल, प्रगतिशील लेखक संघ मकवानपुरका पूर्व अध्यक्ष पुरुषाेत्तम आचार्य, साहित्य सङ्गम मकवानपुरका सचिव डिबी वर्ताैला, सुस्केरा परिवारका राम कार्की, यादव श्रेष्ठ, गजलकार किशन पाैडेल, सानु खनाल, सञ्जित श्रेष्ठ, प्रशन्ना चाैलागाई स्वस्तिका दाहाललगायत करिब डेढ दर्जन गजलकारहरुले गजल बाचन तथा गायन गरेका थिए ।

मञ्चले हरेक महिनाकाे पहिलाे शनिबार गजल यात्राकाे नियमित शृङ्खला सञ्चालन गर्दै आएकाे छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*