
हेटौंडा / मकवानपुरमा आज आईतबार ७ जनामा कोरोना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
आईतबार मकवानपुरमा २४ जनाको स्वाब परिक्षण गर्दा हेटौंडा उपमहानगरपालिकामा ६ जना र मनहरी गाँउपालिकाका एक जना गरी मकवानपुरमा ७ जनामा कोरोना भाईरस संङक्रमण पुष्टि भएको हो ।
संङक्रमण पुष्टि हुनेहरुमा हेटौंडा उपमहानगपालिकाका वडा नम्बर २ की ३७ वर्षीया महिला,वडा नम्बर ३ का २१ वर्षीय पुरुष,वडा नम्बर ६ का ४८ वर्षीय पुरुष,वडा नम्बर ८ का ५३ वर्षीय पुरुष, वडा नम्बर १० का २८ वर्षीय पुरुष , वडा नम्बर १२ का ३८ वर्षीय पुरुष र मनहरी गाउँपालिका वडा नंबर २ की ५३ वर्षीया महिला रहेकी छन् ।
यो संगै मकवानपुरमा हालसम्म कोरोना पुष्टि हुनेको संख्या ३ हजार ९ सय २० पुगेको छ । भने मकवानपुरमा हालसम्म ३ हजार ८ सय ६२ जना संक्रमण मुक्त भएका छन् ।मकवानपुरमा कोरोना संङक्रमणबाट ३२ जनाले ज्यान गुमाईसकेका छन् । मकवानपुरमा हाल २६ जना संक्रयि संक्रमित होम आईसोलेशनमा उपचाररत रहेका जिल्ला जनस्वाथ कार्यालय मकवानपुरले जनाएको छ ।

