आइसोलेशन र क्वारेन्टाईनलाई थप व्यवस्थित बनाउन जिल्ला प्रशासनको निर्देशन

हेटौंडा टुडे
६ बैशाख २०७८, सोमबार १८:०२

हेटौंडा/ जिल्ला प्रशासन कार्यालय मकवानपुरले आइसोलेशन र क्वारेन्टाईनलाई थप व्यवस्थित बनाउन निर्देशन दिएको छ ।

सोमबार आज बसेको कोभिड–१९ संक्रमण रोकथाम तथा संकट व्यवस्थापन केन्द्रको बैठकले जिल्लामा संङक्रमण दर बढ्दै गएपछि आइसोलेशन र क्वारेन्टाईनलाई थप व्यवस्थित बनाउन निर्देशन दिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरका सूचना अधिकारी देवचन्द्र गर्तौलाले जानकारी दिए । बैठकले हेटौडा अस्पतालका डाक्टर सागर काफ्लेको नेतृत्वमा  ३ सदस्यि टाक्स फोर्स गठन गरेको छ ।

साथै उक्त बैठकले स्थानीय निकायको समन्वय र सहकार्यबाट स्थानीय तहमै संचालन भइरहेको विद्यालयहरुलाई स्वास्थ मापदण्ड अपनाएर पठनपाठन गराउने र आवश्यकता अनुसार वार्षिक परिक्षा सञ्चालन गर्ने ब्यबस्था मिलाउन  आग्रह गरेको छ । यसैगरी बैठकले जिल्लामा रहेको सिनेमा हल, होटल, रेष्टुडेण्ट राती ९ बजे सम्म मात्र संञ्चालन गर्ने , धार्मिक मठमन्दिरमा नित्यपुजा बाहेक भिडभाड नगर्ने र राजनीतिक दलहरुको तर्फबाट जुलुस, धर्ना, भेला र बैठकहरु संचालन नगर्न समेत आग्रह गरेको  छ  ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*