हेटौंडा । मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ स्थित सामरी खोलामा डुबेर एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोहि ठाउँ बस्दै आएका १३ वार्षिय किस्मत पौडेल रहेको मकवानपुर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सोमवार (आज ) साँझ मकवानपुरगढी ३ र ५ जोडने निर्माणधिन पुल नजिकै रहेको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर बालको मृत्यु भएको हो ।
घटनाकाे थप अनुसन्धान भईरहेको र मृतकलाई पोष्टमाटमकाे लागि हेटौंडा अस्पताल ल्याईएको प्रहरीले जनाएको छ ।
सेयर गर्नुहोस्