रुखबाट लडेर बकैया ८ का घिमिरेको मृत्यु

टुडे संवादाता
७ बैशाख २०७८, मंगलवार ११:१७

हेटौंडा/मकवानपुरको पूर्वी क्षेत्रमा पर्ने बकैया गाउँपालिकामा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेको बकैया ८ स्कुलदमारका ६० वर्षीय रेवती प्रसाद घिमिरे रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार सोमबार दिउँसो भालुखोला सामुदायिक वनमा रुखमा चढेर घाँस काट्ने क्रममा लडेर घिमिरेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक घिमिरेको शव पोस्टमार्टमको लागि हेटौंडा अस्पतालमा ल्याएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*