मकवानपुरमा पहिलो चरणको दोस्रो डोज खोप लागाउन सुरु

टुडे संवादाता
७ बैशाख २०७८, मंगलवार ११:२७

हेटौंडा / मकवानपुरमा कोरोनाविरुद्धको खोप अभियान अन्तर्गत पहिलो डोज लगाएकालाई आज बैशाख ७ गतेदेखि दोस्रो डोज खोप लगाउन सुरु गरीएको छ ।

पहिलो चरणमा कोभिशिल्ड खोप लगाएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मी, सरकारी कर्मचारी, पत्रकार,कर्मचारी, सार्वजनिक संस्थान र बैंक तथा वित्तिय संस्थानका कर्मचारीलाई खोप लगाईने जिल्ला जनस्वास्थ कार्यालय मकवानपुरले जनाएको छ ।

हेटौंडा उपमहानगरपालिकाका भित्रकालाई हेटौंडा–१० को गोरक्षश्वर मन्दिर परिसरबाट खोप लगाईएको छ भने अन्य ९ वटा पालिकाभित्रकालाई पालिका स्तरमै खोप लगाउने तयारी गरीएको छ ।

पहिलो डोज लगाएकाहरूलाई वैशाख ७ देखि ११ गतेसम्म दोस्रो डोजको खोप दिइने बताईएको छ । सरकारले माघ १४ देखि फागुन १० गतेसम्म पहिलो चरणको खोप अभियान सुरु गरिएको थियो । मकवानपुरमा पहिलो चरणमा ४ हजार ९ सय ३८ जनाले कोरोना विरुद्धको खोप लगाएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*