मकवानपुरगढी १ कर्मेटोलमा बिहेमा जाँदै गरेको सुमो दुर्घटना,३ जनाको अवस्था गम्भीर

टुडे संवादाता
८ बैशाख २०७८, बुधबार १२:३१

हेटौंडा/मकवानपुरगढी गाउँपालिका वडा नम्बर १ कर्मेटोलमा बिहेमा जाँदै गरेको सुमो दुर्घटना भएको छ । दुर्घटना हुँदा ७ जना घाइते भएका छन् भने ३ जनाको अवस्था गम्भीर रहेको गढी १ का अध्यक्ष आईत सिंह लो बताउनुभयो ।

बुधवार (आज) बिहान बकैया ४ बाट बिहेमा हिडेको ना १ ज १७५१ नम्बरको सुमो उकालेमा ब्रेक फेलभई ब्याक आएर दुर्घटना भएको हो ,उहाँले भने ।

घाइतेहरुलाई उद्धार गरी हेटौंडा अस्पताल पठाईएको उहाँले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*