
हेटौंडा । मनहरी ९ खरङ्गामा आज दिउँसो भएको सडक दुर्घटनामा परी मृत्यु हुने र घाइतेको पहिचान खुलेको छ।
मृत्यु हुनेमा मोटरसाइकल चालक हेटौंडा १९ का ३० बर्षीय गुण सिह वाइवा रहेको र घाइते हुनेमा मोटरसाइकलमा सवार उदयपुरका २७ बर्षीय मुकेश परियार रहेको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी जयश्वर रिमालले बताए।
आज दिउँसो हेटौंडाबाट मनहरी जादै गरेको बा २ ख ९०२९ नम्बरको ट्रक र सोही दिसाबाट ओभरटेक गर्दै गरेको ना ३१ प ८४२७ नम्बरको मोटरसाइकल मनहरी ९ खरङ्गामा दुर्घटनामा परेको थियो।


सेयर गर्नुहोस्