प्रहरी निरिक्षक थापा २०७७ चैत्र महिनाको उत्कृष्ट प्रहरी

हेटौडा टुडे
८ बैशाख २०७८, बुधबार १५:५१

हेटौंडा / बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै प्रहरी निरिक्षक रोशन थापालाइ २०७७ चैत्र महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेको छ ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा कार्यरत प्रहरी निरिक्षक रोशन थापालाई प्रदेश प्रहरी कार्यालय हेटोंडाल २०७७ चैत्र महिनाको उत्कृष्ट प्रहरी घोषित गरेको हो ।

उत्कृष्ट कार्य विवरणको प्रशंसा पत्रमा भनिएको छ “यस बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा कार्यरत प्रहरी निरीक्षक रोशन थापाले आफुलाई सुम्पिएको जिम्मेवारी कुशलतापूर्वक एवं प्रशंसनीय ढंगबाट सम्पादन गर्दै यस कार्यालयबाट संचालन गरिएको टेलिभिजन कार्यक्रम निर्माण, सम्पादन, संचालन लगायतका कार्यहरुमा नियमित खटिई उत्कृष्ट श्रव्यदृष्य सामाग्री समेटिएको टेलिभिजन कार्यक्रम निर्माण लगायत यस प्रदेश अन्तर्गत २२ वटा भन्दा बढि रेडियो स्टेशनहरुबाट समेत पाक्षिक रुपमा प्रसारणको व्यवस्थाको लागि महत्वपुर्ण भुमिका निर्वाह गरेको, प्रदेश प्रहरी प्रमुख र मातहत प्रहरी कार्यालय प्रमुखहरु बीच भएको कार्य सम्पादन सम्झौताको मासिक प्रगति विवरणको मुल्यांकन गर्ने कार्यमा उल्लेख्य जिम्मेवारी निर्वाह गरेको, संगठन प्रमुख र प्रदेश प्रहरी प्रमुख वीच भएको कार्य सम्पादन सम्झौता एवम नेपाल प्रहरीको बार्षिक कार्ययोजनामा समेटीएका योजना क्रियाकलापहरुको नियमित संचालन तथा सम्पादित कार्यहरुको समुचित व्यवस्थापन गर्न सहयोगीको भूमिका खेलेको, बागमती प्रदेश प्रहरी अन्तर्गतका कार्यालयहरुको कार्य सम्पादनलाई योजनाबद्ध बनाउने लक्ष्य अनुरुप विभिन्न योजना, कार्ययोजना, कार्यविधि, अवधारणापत्र तथा मापदण्डहरु तयार गर्ने तर्फ अहम भुमिका निर्वाह गरेको साथै प्रदेश प्रहरी कार्यालयमा नवनिर्मित बहुउद्देश्यीय भवन लगाएतका संरचना स्थापनाको लागि स्रोत साधन व्यवस्थापन गर्ने तर्फ उल्लेख्य भुमिका निर्वाह गरेको हुँदा निजबाट सम्पादित कार्यको उच्च मुल्यांकन गर्दै यसको निरन्तरताका साथै अन्य प्रहरी कर्मचारीहरु समेतलाई प्रोत्साहित गर्न निज प्रहरी निरीक्षक रोशन थापालाई यस कार्यालयबाट २०७७ साल चैत्र महिनाको सर्बोत्कृष्ट प्रदेश प्रहरी घोषणा गरीएको छ ।”

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*