हेटौँडा १७ मा रुखबाट लडेर बृद्धको मृत्यु

टुडे संवादाता
२०७८ बैशाख ८, बुधबार १८:२८ गते

हेटौंडा /हेटौँडा उपमहानगरपालिका वडा नम्वर –१७ मा डाले घाँस काट्ने क्रममा रुखबाट लडेर एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा १७ निवासी ८० बर्षीय मोहन सिंह विष्ट रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवत्ता प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले बताएका छन् ।

प्रहरी नायव उपरीक्षक रिमालका अनुसार उनी घर नजिकै रहेको बडरको रुखमा घाँस काट्न चढेका थिए । घाँस काट्ने क्रममा अचानक रुखबाट खस्दा उनको घटनास्थलमै मृत्यु भएको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*