नायिका केकी अधिकारीलाई कोरोना रिपोर्ट नेगेटिभ

टुडे संवादाता
९ बैशाख २०७८, बिहीबार १३:४३

काठमाडौं/नायिका केकी अधिकारीलाई कोरोना रिपोर्ट नेगेटिभ आएको छ । आफूलाई पोजिटिभ देखिएको ३ दिनमै कोरोना रिपोर्ट नेगेटिभ देखिएको बताएकी छिन् । तर, कोरोना रिपोर्ट नेगेटिभ आएपनि उनले आफू केही दिन आइसोलेसनमा नै बस्ने उल्लेख गरेकी छिन् ।

नायिका अधिकारीलाई केही दिन अगाडि कोरोना पोजिटिभ देखिएको थियो । उनलाई कोरोना पोजिटिभ देखिएपछि चलचित्र ‘घिन्ताङ’को छायांकन समेत सुरु हुन सकेको थिएन ।

 

केकीले कोरोना रिपोर्ट पोजिटिभ आएपछि चिकित्सकको सल्लाहा अनुसार आफूलाई अलग्गै राखेको पनि उल्लेख गरेकी छिन् । केकीले सबैसँग उच्च शर्तकता अपनाउन र ख्याल राख्न समेत आग्रह गरेकी छिन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*