
हेटौंडा/पछिल्लो एक हप्तामा मकवानपुरमा कारोना भाईरसको संङक्रमण बढ्दै गएपछि मकवानपुर प्रहरीले सडकमै खटिएर नागरीकलाई माक्स लगाउन आग्रह गर्दे माक्स बितरण गर्न थालेको छ ।
बिहिबार (आज)हेटौंडाको बुद्धचोकमा मकवानपुरका प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठौरले आफै फिल्डमा खटिएर माक्स वितरण गरेका छन् ।
मकवानपुरमा कारोना संङक्रमण दर दिनप्रति दिन बढ्दै गएपछि बिहिबार दिउँसो हेटौंडाको मुख्य बजार क्षेत्रमा सार्वजनिक यातायातका यात्रु ,पैदलयात्रु र ब्यबसायीहरुको पसल पसलमै पगेर प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठौंरले माक्स लगाउन आग्रह गर्दे माक्स वितरण गरेका हुन् ।
सामुदायीक प्रहरी सेवा केन्द्र हेटोंडा ९ पशुपतिनगर र जिल्ला प्रहरी कार्यालय मकवानपुरको समन्वयमा हेटौंडाको मुख्य बजारमा माक्स वितरण गरीएको हो ।
कोरोना संङक्रमण बढ्दै गएका कारण नागरिकहरुलाई स्वास्थ मापदण्ड पालना गराउन तथा कारोना विरुद्ध सचेत बनाउन माक्स वितरण गरीएको सामुदायीक प्रहरी सेवा केन्द्र हेटोंडा ९ पशुपतिनगरका अध्यक्ष राम विष्टले बताए ।
सामुदायीक प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत प्रहरीले समुदायमा कोरोना विरुद्ध विभिन्न सचेतनाका कार्यक्रमहरु गरेको मकवानपुर प्रहरीले जनाएको छ ।
स्वास्थ मापदण्ड पालना गर्नु नागरीकको प्रमुख दायित्व रहेको बताउदै मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक जयश्वर रिमालले नागरीक स्वयम् आफ्नो स्वास्थ प्रति जिम्मेवार बन्नुपर्ने बताए ।
सरकारले जारी गरेका निति निर्देशन पालना नगर्ने मानिसहरुलाई कानुन बमोजिम कार्वाही गरीने समेत प्रवक्ता रिमालले बताए ।
