हेटौंडा । मनहरी गाउपालिका ९ रजैयामामा शुक्रबार साझ भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
मनहरी–९ खरंगामा ट्रक र अटो ठक्कर खाँदा २ जनाको मृत्यु भएको हो । हेटौंडा आउँदै गरेको ना५ख ४७४० नम्बरको ट्रकको ठक्करबाट ना१ह ७१८४ नम्बरको अटोका चालकको घटनास्थलमै मृत्यु भएको छ । उनको पहिचान खुलेको छैन । घटनमा अन्य ३ जना घाइते भएको प्रहरीले जनाएको छ । थप विवरण आउन बाँकी रहेको छ ।
सेयर गर्नुहोस्






















