हेटौंडा / मकवानपुरमा कोरोना संङक्रमितको संङख्या दैनिक रुपमा बढ्दै गएको छ ।बागमती प्रदेशको राजधानी समेत रहेको मकवानपुरमा आईसोलेशन नहुदाँ संङक्रमितहरु घरमै बस्न बाध्य भएका छन् ।
कारोना भाईरसको दोस्रो लहर सुरु भए संगै मकवानपुरमा पनि संङक्रमितको संङख्या बढ्दै गएको हो । कारोना संङक्रमणकै कारण मकवानपुरमा पछिल्लो एक सातामा २ जनाको मृत्यु भैसकेको छ । कारोना संङक्रमण नियन्त्रण तथा रोकथाम गर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरले शैक्षिक संस्था बन्द गर्ने , ब्यबसाय निश्चित समय सम्म मात्र संञ्चालन गर्ने , सभा सम्मेलनमा रोक लगाउने ,बनभोज जाने पार्क बन्द गर्ने देखी सवारी साधनमा जोरबिजो प्रणाली समेत लागु गर्ने निर्णय गरेको छ ।
तर यता दैनिक रुपमा थपिएका संङक्रमितहरु भने आईशोलेसन नह्ुदाँ घरमै बस्न बाध्य भएका छन् । प्रदेशको राजधानी हेटौंडामा मानिहरुको चाँप त छ नै संङक्रमणको अवस्था बढ्न सक्ने खतरा उत्तिकै बढेको छ । यस अघि हेटौंडा ६ गौरिटारमा प्रदेश सरकारले संञ्चालनमा ल्याएको आईसोलेशन अहिले प्रयोग विहिन बनेको छ ।
संङक्रमितको संङख्या दैनिक बढ्दो क्रममा रहेपनि प्रदेश सरकारले भने आईसोलेशनलाई पुन संञ्चालनमा ल्याउने तर्फ कुनै पहल नै गरेको छैन । यता हेटौंडा उपमहानगरपालिकाले समेत क्वारेन्टाईन र आईसोलेशनको ब्यबस्थापन तर्फ तदारुकता देखाएको छैन ।
यता जिल्ला प्रशासन कार्यालय मकवानपुरले भने प्रतिबन्ध र कार्वाहीलाई मात्र ध्यान दिएको देखिन्छ कोभिडका बिरामीको उपचार र आईसोलेशनको ब्यबस्थापनलाई चुस्त पार्न प्रशासनले समेत तदारुकता नदेखाउदाँ संङक्रमितहरु घरमै बस्न बाध्य छन् । कारोना संङक्रमण नियन्त्रण गर्न प्रतिबन्ध र कार्वाहीमात्र नभई उपचारलाई समेत प्रथमिकतामा राख्न जरुरी देखिन्छ यसका लागी सम्बन्धित निकायले ध्यानदिन जरुरी देखिन्छ ।