हेटौंडा / मकवानपुरगढी गाँउपालिका वडा नम्बर १ पिङडाडाँमा एक बाख्रा फर्ममा आगलागी हुदाँ ३२ वटा बाखा्र जलेर नष्ट भएका छन्
मकवानपुरगढी गाँउपालिका वडा नम्बर एक स्थित पिङडाडाँमा रहेको अमृत बहुदेश्य पशु तथा कृषि फर्ममा शुक्रबार राती आगलागी हुदाँ खोरमा रहेका ३२ वटा बाख्रा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
राती साँढे ९ बजे एक्कासी बाख्रा फर्ममा आगलागी हुदाँ फर्मका संञ्चालक समेत सोही घरमा बसोबास गर्दे आएका कारण घरमा रहेको नगद ३ लाख ३७ हजार रुपैँया दुई तोला सुन , ५ ताृला चाँदी सहित घरायसी मालसमान जलेर नष्ट भएको फर्मकी संञ्चालक लक्षमी घिमिरेको भनाई छ ।
आगलागीबाट करिब १५ लाख रुपैँयाको क्षति भएको पिडित पक्षले दाबी गरेको मकवानपुर प्रहरीले जनाएको छ । आगलागीबाट कुनै मानविय क्षती नभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

















