मकवानपुरमा जोर विजोर सवारी चलाउने जिल्ला प्रशासन कार्यालयको निर्णय प्रति जनसरोकार केन्द्रको असन्तुष्टि

हेटौंडा टुडे
११ बैशाख २०७८, शनिबार १४:०७

हेटौंडा / मकवानपुरमा जोर विजोर सवारी चलाउने जिल्ला प्रशासन कार्यालयको निर्णय प्रति जनसरोकार केन्द्र मकवानपुरले असन्तुष्टि जनाएको छ ।

शनिबार एक सन्देश जारी गर्दे जनसरोकार केन्द्र मकवानपुरका संयोजक धुब्र प्रसाद चौलागाईले मानिसको भिडभाड कम गर्न सवारीमा जोरविजोर प्रणाली लगाउने भन्ने जिल्ला प्रशासन कार्यालय मकवानपुरको निर्णय प्रति जन सरोकार केन्द्र, मकवानपुरको ध्यानाकर्षण भ‌एको बताएका छन् ।

जोर विजोर गरी सवारी चलाउदा एउटै सवारीमा धेरै मानिस चढ्नु पर्ने बाध्यता हुने भ‌एकोले झनै भिडभाड र कारोना संङक्रमणको जोखिम बढ्न सक्ने संयोजक चौलागाईको भनाई छ ।

वायु प्रदुषण कम गर्न जोरविजोर प्रणाली प्रभावकारी भएपनि भिडभाड कम गर्न सवारीमा जोरविजोर लगाउने भन्ने कुरा गलत भएको भन्दै संयोजक चौलागाईले अध्ययन अनुसन्धान गरेर मात्र निर्णय गर्न सम्बन्धित निकायलाई अनुरोध समेत गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*