हेटौंडा / मकवानपुरगढी गाँउपालिका वडा नम्बर ३ मा सडक स्ल्याब ढलानको काम आईतबार (आज)बाट सुरु भएको छ ।
मकवानपुरगढी गाँउपालिका वडा नम्बर ३ भानु मिनि पिच फुटसल देखी गाँउपालिकाको कार्यालय नजिकै सम्म स्ल्याब ढलान आजबाट सुरु गरीएको हो । गाँउपालिकाका अध्यक्ष बिदुर हुमागाईले आज स्ल्याब ढलानको कार्यको उद्घाटन गर्नुभएको हो । बागमती प्रदेशको भौतिक पुर्वाधार बिकास मन्त्रालयको बजेटबाट ८ सय ३० मिटर सडकमा स्ल्याब ढलान गर्न लागीएको छ ।
ए.एस.सी कन्सट्रक्शन तथा मल्टीप्रपोज प्रा.लि ले स्ल्याब ढलानको जिम्मा पाएको छ । मन्त्रालय संग ८७ लाख रुपैंयामा निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरीएको ए.एस.सी कन्सट्रक्शन तथा मल्टीप्रपोज प्रा.लि का संञ्चालक चन्द्र कुमार राईले बताए । आज आईतबारबाट सडकमा स्ल्याब ढलान कार्य सुरु गरी आगामी बैशाख मसान्त सम्म सडकको स्ल्याब ढलान सम्पन्न गरीने संञ्चालक राईको भनाई छ ।
गाँउपालिका प्रवेश गर्ने मुख्य सडकमा स्लयाब ढलान गर्न लागिएकोले सडक निर्माण सम्पन्न नभएसम्म गाँउपालिकामा बैकल्पिक मार्गबाट आवतजावत गर्नुपर्ने समेत निर्माण कम्पनिले जनाएको छ






















