कोरोना कहर : फेरी पनि सर्‍यो मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचन

टुडे संवादाता
१२ बैशाख २०७८, आईतवार १२:३९

हेटौंडा/मकवानपुर उद्योग वाणिज्य संघको आशन्न निर्वाचन फेरी पनि सरेको छ । विश्वब्यापी रुपमा फैलीएको कोरोना भाइरस (कोभिड -१९) को दाश्रो लहर भयावह हुँदै आएपछी आगामी बैशाख १८ गते हुने भनिएको निर्वाचन दोश्रो पटक पनि सारिएको हो ।

यसअघि गत चैत्र २३ गते तय भएको निर्वाचनलाई मकवानपुर उद्योग वाणिज्य संघले कोभिडको कारण देखाउँदै बैशाख १८ लाई तय गरेको थियो । नयाँ निर्वाचनको मिति भने मकवानपुर उद्योग वाणिज्य संघको बैठकले तय गर्ने जनाईएको छ ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी सहित आसन्न निर्वाचनका उम्मेद्वारहरु, मउवासंघ कार्यसमितिको बैठकमा निर्वाचनको नयाँ मितिको विषयमा छलफल हुँदा असारभित्र अनकुलता हेरेर निर्वाचन गर्न प्रशासनले सुझाव दिईएको बताईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*