राष्ट्रिय उत्कृष्ट व्यवसायी सम्मान–२०७८ बाट लालकाजीरत्न बज्रचार्य सम्मानित

टुडे संवादाता
१२ बैशाख २०७८, आईतवार १३:३९

हेटौंडा/फोकस नेपाल संस्थाले हेटौंडाका लालकाजीरत्न बज्रचार्यलाई ‘राष्ट्रिय उत्कृष्ट व्यवसायी सम्मान–२०७८’ बाट सम्मान गरेको छ ।
शुक्रबार नेपाल पर्यटन बोर्ड काठमाडौंमा नयाँ वर्ष तथा लोकतन्त्र दिवस–२०७८ को अवसरमा आयोजना भएको एक समारोहमा हेटौंडाको होराइजन अटो प्रा.लि. का प्रबन्ध निर्देशक बज्राचार्यलाई सम्मान गरिएको हो ।

उनलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय विभिन्न खेलकुद, अटोमोबाइल्स, सेवामुलक तथा सामाजिक संघ–संस्था मार्फत राष्ट्र विकास, खेलकुद क्षेत्रको विकास र सामाजिक सेवामा पु¥याएको विकासको प्रशंसा गर्दै सम्मान पत्र प्रदान गरिएको थियो ।
नेपाल भरका व्यवसायीहरुलाई सम्मान गर्ने १६ विधा मध्ये उनलाई राष्ट्रिय उत्कृष्ट व्यवसायी सम्मान–२०७८ प्रदान गरिएको हो । उद्योग, वाणिज्य तथा आपुर्ती मन्त्री लेखराज भट्टले सम्मान पत्र प्रदान गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*