त्रिशुली नदीमा १४ कामदार खस्दा १ जनाको मृत्यु ,२ जना बेपत्ता

हेटौंडा टुडे
१२ बैशाख २०७८, आईतवार १३:५४

चितवन/देवघाट र भरतपुर महानगरपालिका जोड्ने निर्माणाधीन पुलबाट त्रिशुली नदीमा १४ कामदार खस्दा १ जनाको मृत्यु भएको छ ।

११ जनाको उद्दार गरिए पनि २ जना बेपत्ता भएका छन् । निर्माणाधीन पुलमा काम गर्दैगर्दा आइतबार बिहान उनीहरु एकैपटक खसेका हुन् ।

पुलबाट खस्दा भारतीय नागरिक ४३ वर्षीय विजय यादवको मृत्यु भएको छ । घाइतेको चितवनस्थित मेडिकल कलेजमा उपचार भइरहेको छ ।केही समय अघि यही पुल बनाउँदा बनाउँदै भत्किएको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*