हेटौंडा / मकवानपुरमा कारोना संङक्रमितको उपचारका लागी आजबाट दुई स्थानमा आईसोलेशन संञ्चालनमा आएको छ ।
पछिल्लो मकवानपुरमा कारोना संङक्रमितको संख्या बढ्दै गएपछि संङक्रमितहरुको उपचारका लागी मकवानपुरका दई स्थानमा आईसोलेशन वार्ड तयार गरीएको छ ।मवानपुरमा कोरोना संङक्रमितको संङख्या दिन प्रति दिन बढ्दै गएपछि संङक्रमितहरु घरमै बस्न बाध्य भएका थिए । मकवानपुरमा सक्रिय संङक्रमितको संङख्या एक सय भन्दा बढी नाघेपछि आईसोलेसन पुन संञ्चालनमा ल्याईएको छ ।
संङक्रमितहरुमा जटिल स्वास्थ समस्या देखिन थालेपछि मकवानपुरका दुई स्थानमा गरी २५ बेडको आईसोलेशन संञ्चालनमा ल्याईएको हो । यस अघि हेटौंडा ६ गौरीटारमा मदन भण्डारी स्वास्थ विज्ञान प्रतिष्ठान बागमती प्रदेशले संञ्चालनमा ल्याएको आईसोलेशन वार्डलाई अहिले हेटौंडा उपमहानगरपालिकाले १५ वेडको आईशोलेशन संञ्चालनमा ल्याएको हो । यस्तै मदन भण्डारी स्वास्थ विज्ञान प्रतिष्ठान बागमती प्रदेश अन्र्तगत हेटौंडा अस्पतालमा १० बेडको आईसोलेशन वार्ड संञ्चालनमा ल्याईएको छ ।
घरमा बस्न असहज हुने र सामान्य प्रकारमा संङक्रमितहरुलाई हेटोंडा ६ गौरिटार आईसोलेशनमा राखिने र गम्भिर अवस्था भएका संङक्रमितहरुलाई हेटौंडा अस्पतालको आईसोलेशन वार्डमा राखिने हेटौंडा अस्पताल आईसोलेशन वार्डका ईन्चार्ज डाक्टर सागर काफ्लेले बताए । अस्पतालमा थप २० वेडको आइसोलेशन वार्ड थप्ने तयारी समेत भैरहेको डाक्टर काफ्लेले बताए ।
हेटौंडा अस्पतालको आईसोलेशनमा विरामीलाई उपचार गर्न सुरु गरीएको छ । आज आईतबार अस्पतालको आईसोलेशनमा ३ जना संङक्रमित उपचाररत रहेका छन् ।