कारोना कहर : हेटोंडाको वाणिज्य बैंकमा भिडभाड सरकारी निर्णयको बेवास्ता

हेटौंडा टुडे
१२ बैशाख २०७८, आईतवार १७:५४

हेटौंडा / मकवानपुरमा कारोना संङक्रमितको संङख्या दिनप्रति दिन बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले स्वास्थ मापदण्ड कडाईका साथ पालना गर्न गराउन निर्देशन दिएको छ ।

प्रशासनले २५ जना भन्दा बढी भिडभाड नगर्ने ,सार्वजनिक स्थल ,पार्क बन्द गर्ने  देखी सवारी साधनलाई जोरबिजोर प्रणाली लागु गरेको छ । तर हेटोंडाको राष्ट्रिय वाणिज्य बैंकले भने जिल्ला प्रशासन कार्यालयको निर्णयलाई लत्याउदै बैंकमा आउने सेवाग्रहीको भिड ब्यबस्थापनमा कुनै चासो देखाएको छैन ।

भडिभाड ब्यबस्थापन गर्न भन्दै सेवाग्राहीका लागी राखिएको कुर्सि काउन्टर आगाडी राखिएको छ ।

बैंकमा आउने सेवाग्राहीहरुको अत्यधिक भिडभाड हुदाँ समेत बैंकले भिड ब्यबस्थापन र सामाजिक दुरी कायम गर्ने कुनै नियमको पालना गरेको छैन । लोक सेवा आयोगको परिक्षा शुल्क र राष्ट्रिय परिक्षा बोर्डको राजस्व तिर्ने विद्यार्थीहरुको बैंकमा अत्याधिक चाँप देखिएको थियो ।

राज्यको जिममेवार निकायलेनै सरकारको निर्देशनको अवज्ञा गर्दा संङक्रमण दर अझै बढ्न सक्ने खतरा बढेको छ । सेवाग्रहीलाई स्वास्थ मापदण्ड पालना गरोने र भिडभाड ब्यबस्थापन गर्ने तर्फ बैंक तथा वित्तिय संस्था थप जिम्मेवार बन्न जरुरी देखिन्छ ।01

 

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*