मकवानपुर भित्र रहेका पार्टी प्यालेसहरु पूर्ण रुपमा बन्द

हेटौंडा टुडे
१३ बैशाख २०७८, सोमबार ११:२७

हेटौंडा/कोरोना भाइरस (कोभिड-१९) को दोस्रो लहर भयावह बन्दै आएसँगै मकवानपुर भित्र रहेका पार्टी प्यालेसहरु पूर्ण रुपमा बन्द गराईने भएको छ ।
सोमवार (आज) जिल्ला प्रशासन कार्यलय मकवानपुरले कोरोना संक्रमणको जोखिम बढेसंगै भोलीदेखि अनिश्चितकालको लागि पाटी प्यालेसहरु बन्द गराईने भएको हो ।

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकको निर्णय सार्वजनिक गर्दै बैशाख १४ गतेबाट जिल्ला भित्रका सम्पूर्ण पार्टी प्यालेसहरु पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको जनाएको छ ।

यसैगरि बैठकले जिल्लाका सबै स्थानीय तहमा पिसिआर र एन्टीजेन परीक्षण अनिर्वाय बनाउन परीक्षणको योजना तयार गरी परीक्षणका दायारा विस्तार गर्न सबै स्थानीय तह र स्वास्थ्य कार्यलय मकवानपुरलाई दिने निर्णय गरेको छ ।

बैठकले दक्षिणी नाकाबाट मकवानपुर प्रवेश गर्ने यात्रुहरुको हेटौंडा बसपार्कमा ज्वरो नाप्ने परीक्षण गर्ने,साबुनपानीले हात धुन लगाउने,मास्क र सेनिटाइजर प्रयोग गर्न लगाउने निर्णय गरेको छ ।

यस्तो छ निर्णयहरु ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*