मकवानपुरमा फैलदै कोरोना,माक्स नलगाउनेलाई सय रुपैंया जरिवाना

हेटौंडा टुडे
१३ बैशाख २०७८, सोमबार १६:१८
file photo

हेटौंडा/मकवानपुरमा कारोना भाइरस संङक्रमण बढ्दै गएपछि माक्स नलगाउने र जोरबिजोर प्रणाली नमान्नेलाई कार्वाही सुरु गरीएको छ ।

बागमती प्रदेशको राजधानी समेत रहेको हेटौंडामा पनि कोरोना संङक्रमण दर बढ्दै गएपछि जोरबिजोर प्रणाली तथा माक्स लगाउनुपर्ने निर्देशनको अनगमन गर्न सडकमा प्रहरी परिचानल गरिएको छ ।

हेटौंडामा मास्क नलगाइ हिड्नेलाई जरिवाना गराउने देखी जोर–बिजोर कार्यान्वयनका लागि सडकमै प्रहरी परिचालन गरीएको छ । सोमबार बिहानबाट कोरोना नियन्त्रणका लागि भन्दै मास्क नलगाउनेलाई एक सय जरिवाना गराईएको छ ।

मास्क नलगाइ हिड्ने मानिसहरु तथा जोरबिजोर कार्यान्वयन नगर्ने सवारीचालकलाई निगरानी गर्न मुख्यबजार प्रवेश गर्ने ४ स्थानमा प्रहरी परिचालन गरीएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

सोमबार मात्रै मकवानपुर प्रहरीले मास्क नलगाइ हिड्ने २३ जनालाई जनही एक सय रुपैंया जरिवाना गराईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरिक्षक अविनाश अधिकारीले बताए । यस्तै जोरबिजोर प्रणाली नमान्ने ५५ वटा मोटरसाईकल ,७ वटा अटो ,५ वटा म्याजिक र एउटा मयुरी सफारीलाई होल्ड गरी सम्झाएर पठाईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*