हेटौंडा १३ मा मोक्तानको शव फेला

टुडे संवादाता
१३ बैशाख २०७८, सोमबार १६:३५

हेटौंडा/मकवानपुरको हेटौंडा उपमहानगरपािलका वडा नम्बर १३ स्थित बडा गाउँ नजिक एक पुरुषको शव फेला परेको छ । मृत्यु हुनेमा हेटौंडा-१४ का अन्दाजी ३२ वर्षीय जमानसिं मोक्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार बडा गाउँबाट एक सय मिटर पर बारीमा मोक्तान मृत अवश्थामा फेला परेका हुन् ।सोमवार आज शव बिहान ८ बजे बारीमा स्थानीयले देखे पछि प्रहरीलाई खबर गरेका थिए । हाल मोक्तानको शव हेटौंडा अस्पतालमा ल्याएको र थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*