
हेटौंडा/पछिल्लो समय कोरोना संक्रमणको जोखिम बढेको कारण यसबाट सुरक्षित रहन नेपाल पत्रकार महासंघ मकवानपुर शाखालाई मकवानपुर उधोग बाणिज्य संघ र रिद्धिसिद्धि कस्मासिउटीकल्सले माक्स,सेनिटाईजर तथा डिटोल साबुन लगाएतका स्वस्थ्य सामाग्री सहयोग गरेको छ ।
दिनरात फिल्डमा खटिने पत्रकारहरु जोखिमको पहिलो फ्रन्टमा रहेको भन्दै मउबासंघले ७ सय थान माक्स,५० थान डिटोल साबुन र रिद्धिसिद्धि कस्मासिउटीकल्सले ९० थान सय एमएलको सेनिटाईजर सहयोग गरेका हुन ।
स्वस्थ्य सामाग्री बितरण गर्दै मउबासंघका अध्यक्ष कृष्ण कटुवाल रिद्धिसिद्धि कस्मासिउटीकल्स हेटौडा ८ का हृदेन्द्र गौतमले थप आवाश्यक स्वस्थ्य सामागी महासंघलाई सहयोग गर्न आफुहरु तयार रहेको बताउनु भयो ।
स्वस्थ्य सामाग्री ग्रहण गर्दै नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमले सहयोगका लागी धन्यबाद दिदै सम्पुर्ण स्वास्थ्य सामाग्री मकवानपुरका संचारकर्मीहरुमा प्रदान गर्ने बताउनु भयो ।
अध्यक्ष गौतमले संचारकर्मीहरुलाई महासंघमा आएर स्वास्थ्य सामाग्री लैजान अनुरोध समेत गर्नु भएको छ ।स्वस्थ्य सामाग्री हस्तान्तरणमा मउबासंघका बरिष्ठ उपाध्यक्ष माधब न्यौपाने,उपाध्यक्षहरु कृष्ण कुमार अग्रवाल गुप्ता,राम प्रसाद न्यौपाने लगाएतकोे सहभागीता थियो ।

