कोरोना कहर :हेटौंडामा तरकारी तथा माछामासु पसल बिहान ४ बजेबाट ८ बजेसम्म मात्र खुल्ने

टुडे संवादाता
१३ बैशाख २०७८, सोमबार १७:३८

हेटौंडा/मकवानपुरमा कोरोना भाइरस संक्रमण दैनिक रुपमा बढ्दै गएपछि जिल्ला प्रशासन कार्यलय मकवानपुरले तरकारी तथा माछामासु पसल बिहान ४ बजेबाट ८ बजेसम्म मात्र संञ्चालन गर्न निर्देशन दिएको छ ।

सोमबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले हेटौंडा–४ को खोपेगल्ली र हेटौंडा–१० बसपार्कको तरकारी तथा माछामासु पसल बिहान ४ बजेबाट ८ बजेसम्म मात्र संञ्चालन गर्न दिने निर्णय गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*