
हेटौंडा/मकवानपुरमा सोमबार आज थप ३४ कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोमबार ५७ जनाको स्वाब परीक्षण गर्दा थप ३३ जनामा र एन्टीजेन परीक्षणमा १ जना सहित ३४ जनामा संक्रमण देखिएको हो ।
संक्रमण पुष्टि हुनेमा २ जना ७ वर्षीय बालबालिका रहेको हेटौंडा उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जनाकारी दिए । उनका अनुसार पुष्टि हुनेमा ३३ जना हेटौंडा उपमहानगरपालिकाका र एक जना मकवानपुरगढी गाउँपालिकाका रहेका छन् ।
यो संगै मकवानपुरमा सक्रिय संक्रमितको संख्या १ सय ७० पुगेको जिल्ला जनस्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । जसमा ६ जना हेटौंडा अस्पतालको कोभिड ट्रिटमेन्ट वार्डमा, २ जना गौरिटार आईसोलेसन र बाँकी १ सय ६२ जना होम आइसोलेसनमा उपचाररत रहेका छन् । मकवानपुरमा हालसम्म ४ हजार ९० जनामा कोरोना पुष्टि भएको छ । मकवानपुरमा हालसम्म कोरोनाबाट ३४ जनाको मृत्यु भएको छ ।


