कोरोना कहर : मकवानपुरमा कारोना संङक्रमण न्युनिकरण गर्न सेवाप्रवाहलाई वर्गिकरण

टुडे संवादाता
१३ बैशाख २०७८, सोमबार १७:५०

हेटौंडा/जिल्ला प्रशासन कार्यालय मकवानपुरले कारोना संङक्रमण न्युनिकरण गर्न सेवाप्रवाहलाई वर्गिकरण गरेको छ । मकवानपुरमा कोरोना संङक्रमण बढ्दै गएपछि सोमबार एक सुचना जारी गर्दे जिल्ला प्रशासन कार्यालय मकवानपुरले कार्यालयबाट हुने सेवा प्रवाहलाई स्थानिय तह अनुसार वर्गिकरण गरेको हो ।

कार्यालयले नयाँ नागरीकता ,प्रतिलिपि र राहदानीका लागी आउने सेवाग्रहीहरुकालागी आईतबार र सोमबार थाहा नगरपालिका ,राक्सिराङ गाँउपालिका ,कैलाश गाँउपालिका र ईन्द्र सरोबर गाँउपालिकाका सेवाग्राहीलाई सेवा दिने भनिएको छ ।

मंगलबार र बुधबार बागमती गाँउपालिका , बकैया गाँउपालिका ,मकवानपुरगढी गाँउपालिका र भिमफेदी गाँउपालिकाका सेवाग्राहीलाई सेवा दिने भनिएको छ ।

यस्तै बिहिबार र शुक्रबार हेटौंडा उपमहानगरपालिका र मनहरी गाँउपालिकाका सेवाग्राहीलाई सेवा दिने जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । शान्ति सरक्षा ,मुद्दा , संघ संस्था ,विपद तथा प्रशासनिक कार्यहरुको नियमित रुपमा सेवा प्रवाह गरीने जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*