हेटौंडा/कोरोना भाइरस कोभिड १९ को संक्रमण दिनानुदिन बढदै आएपछि मकवानपुरमा भोलि (बुधवार)बाट ब्युटिपार्लर र शैलुन बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यलय मकवानपुरको कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले मकवानपुरका विभिन्न स्थान र हेटौंडा बजारमा सञ्चालित ब्युटिपार्लर र शैलुन भोलिबाट अर्को सुचना नभएसम्म बन्द हुने जनाइएको छ ।
कोभिड नियन्त्रणका लागि आजबाट हेटौंडा-४ ख्वपगल्ली र बसपार्कको तरकारी पसल र माछामासु पसल दैनिक ४ घण्टा खोल्ने निर्णय गरेको थियो ।
सेयर गर्नुहोस्