हेटौंडा / मकवानपुरमा आज बुधबार बिहान थप ६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
आयर्बेद तथा जनस्वास्थ्य प्रवर्दन शाखा हेटौंडाका अनुसार हेटौंडा अस्पताल र बनस्खंडी शहरी स्वास्थ्य केन्द्र हेटौंडा २ मा रहेको प्रयोगशालामा १ सय ३९ जनाको परीक्षण गरिएकोमा थप ६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेहरुमा २१ जना महिला र ३९ जना पुरुष रहेको हेटौंडा उपमहानगरापालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिए ।
संक्रमण पुष्टि हुनेहरुमा हेटौंडा उपमहानगरापालिकाका ५५ जना ,मकवानपुरगढी गाँउपालिकाका एक जना ,भिमफेदी गाँउपालिकाका २ जना ,हेटौडा बसोबास गर्दे आएका जिल्ला बाहिरका एक जना र ठेगाना नखुलेका एक जना रहेका छन् ।

सेयर गर्नुहोस्






















