मकवानपुरगढी गाउँपालिकाद्वारा किसानहरुलाई बाँदर धपाउने औजार वितरण

हेटौंडा टुडे
१५ बैशाख २०७८, बुधबार १५:२०

हेटौंडा / मकवानपुरगढी गाउँपालिकाले बुधवार आज किसानहरुलाई बाँदर धपाउने औजार वितरण गरेको छ ।

आर्थिक वर्ष २०७७ / ०७८ को  निति कार्यक्रम अन्र्तगत करीब ५ लाख रुपैंयाको लागतमा गाउँपालिकाका किसानहरुलाई २ सय ८० ओटा बाँदर धपाउने औजार वितरण गरीएको कृषि अधिकृत चन्द्रकान्त चौधरीले जानकारी दिनुभयो ।

प्रति औजार १६ सय रुपैया पर्ने उक्त बाँदर धपाउने औचार किसानहरुलाई निशुल्क वितरण गरीएको हो ।गढी गाउँपालिका वडा नम्बर २,३ र ४ नम्बर वडाका किसानहरुलाई बाँदर धपाउने औजार वितरण गरीएको हो ।

यस अधि पनि गाउँपालिकाले बाँदरले नष्ट नगर्ने अदुवा र बेसारको विउ वितरण गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*