बागमती प्रदेश सरकारका नवनियुक्त तिन मन्त्री र एक राज्यमन्त्रीले लिए सपथ

हेटौडा टुडे
१५ बैशाख २०७८, बुधबार १६:५७

हेटौंडा / बागमती प्रदेशका नवनियुक्त ३ जना मन्त्रीहरु र एक राज्यमन्त्रीले सपथ ग्रहण गरेका छन् ।

आज बुधबार बागमती प्रदेशका प्रदेश प्रमुख बिष्णुप्रसाद प्रसाईले नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीलाई पद र गोपनियताको सपथ खुवाएका हुन्  । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आज ३ जना मन्त्री र १ जना राज्यमन्त्री नियुक्त गरेका हुन् ।

उनले रिक्त रहेको  प्रदेशको आन्तरिक मामिला तथा कानूनमन्त्रीमा नुवाकोटका केशवराज पाण्डे, उद्योग पर्यटन वन तथा वातावरणमन्त्रीमा सिन्धुपाल्चोकका सरेस नेपाल र सामाजिक विकासमन्त्रीमा दोलखाकी सरस्वती बस्नेतलाई नियुक्त गरेका हुन् । त्यस्तै सामाजिक विकास राज्यमन्त्रीमा धादिङ्का डा. रामकुमार अधिकारीलाई नियुक्त गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*