मकवानपुरमा बुधबार थप एक पत्रकारलाई कोरोना संक्रमण

टुडे संवादाता
१५ बैशाख २०७८, बुधबार १७:१९

हेटौंडा/बुधबार मकवानपुरमा थप एक पत्रकारलाई कोरोना संक्रमण पुष्टी भएको छ । यो संगै पछिल्लो समय मकवानपुरमा (कोभिड-१९) बाट ३ जना पत्रकारहरु संक्रमणको सिकारमा परेकाछन् । गत आईतबार र सोमबार एक एक जना पत्रकारमा संक्रमण पुष्टी भएको थियो भने । बुधबार थप एकमा कोभिड संक्रमण पुष्टी भएको हो ।

बुधबार कोभिड १९ संक्रमण पुष्टी भएका पत्रकारलाई ज्वरो आउने टाउको दुख्ने लक्षण देखापरेको छ । उनको अबस्था सामान्य रहेको बताउनु भएको छ । यसै बिच नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमले पछिल्लो समय कोरोनाको लहर तिब्र फैलिएकाले सुरक्षित भएर काम गर्नुहुन मकवानपुरका संचारकर्मीहरुमा आग्रह गर्नु भएको छ । तिनै जना पत्रकारहरु होम आईसोलेसनमा रहेको जनाईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*