
हेटौंडा /गएराति हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ स्थित हुप्राचौरको एक घरमा आगलागी भएको छ ।
आगलागीबाट कुनै मानवीय क्षति नभएको मकवानपुर प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बुधबार (हिजो)राति हेटौडा ४ हुप्राचौर स्थित बिमला उप्रेतीको दुई तले पक्की घरमा काभ्रे पाँचखाल- ७ बस्ने राज कुमार न्यौपानेले संचालन गरेको सुभलाल ट्रान्सपोर्ट अचानक आगोलागी हुँदा धनमाल जलेर नष्ट भएको छ भने घरमा आंशिक क्षती भएको छ।
आगलागी वाट ट्रान्सपोर्ट भित्र रहेको दुई वटा मोटरसाइकल ४५ कार्टुन आगरबत्ती,बिद्युतिय सामाग्री, ७।८ रोल कार्पेट,मोटर पार्ट लगायत अन्य खाद्यान्य सामाग्री,सोलार,औषधी र कार्यालयको फर्निचर कागजपत्र जलेर नष्ट भएको छ।
आगलागी भएको थाहा पाउनासाथ वडा प्रहरी प्रमुख प्रहरी निरीक्षक कृष्ण प्रसाद बिष्टको कमाण्डमा गएको १५ जनाको टोली,हेटौंडा उपमहानगरपालिकाको वारुणयन्त्र र स्थानियको सहयोगमा बिहिबार बिहान मात्र आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

