
हेटौंडा / मकवानपुरमा आज बिहिबार थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
बुधबार ५५ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा थप १६ जनामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।संङक्रमण पुष्टि हुनेहरुमा मनहरी गाउँपालिकाका ८ जना थाहा नगरपालिकाका ७ जना र हेटौंडा उपमहानगरपालिका एक जना रहेका छन् ।
यो संगै मकवानपुरमा सक्रिय संक्रमितको संखया २ सय ९३ जना पुगेका छन् । जसमा २ सय ७८ जना होम आइसोलेसन, ९ जना हेटौंडा अस्पतालको कोभिड ट्रिटमेन्ट वार्डमा र ६ जना हेटौंडा ६ स्थित गौरिटार आइसोलेसनमा उपचाररत रहेका छन् ।


सेयर गर्नुहोस्