मकवानपुरगढी ६ मा चट्याङ लागेर एक जनाको मृत्यु

टुडे संवादाता
१९ बैशाख २०७८, आईतवार १७:०३

हेटौंडा/मकवानपुरगढी गाउँपालिका वडा नम्बर ६ स्थित डुम्रेकुनामा आइतबार आज चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरगढी-२ माथिल्लो छाप बस्ने २५ वर्षिय विराज वाईवाको रहेको मकवानपुर प्रहरीले जनाएको छ । चट्याङ लागेर बेहोस भएका वाईवा हेटौंडा अस्पतालमा मृत्यु भएको हो । पानी परेपछि नजिकै रहेको बद्री घिमिरेको गोठमा वाईवा सहित अन्य २ जना ओत लागेका थिए । अन्य दुईजना घाईते भएका छन् ।

घाईते हुने हरुमा गढी २ छाप बस्ने ४६ वर्षिय बिर बहादुर वाईवा र सोही स्थान बस्ने ५६ बर्षीय बिरवल वाईवा घाईते भएका छन । घाईतेहरुलाई सामुदायिक प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि थप उपचारको लागि हेटौंडा ल्याएर उपचार भइरहेको मकवानपुर प्रहरीले जनाएको छ।

मकवानपुरमा आइतबार बिहान देखी हावाहुरीसहित पानी परिरहेको अवस्थामा चट्याङ परेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*