नेपालमा थप ७ हजार २सय ११ जनामा कोरोना संक्रमण ,२७ को मृत्यु

टुडे संवादाता
१९ बैशाख २०७८, आईतवार १७:५६

हेटौंडा/नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार २सय ११ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।  देशभर गरिएको १६ हजार १४७ पीसीआर परीक्षणका क्रममा ७ हजार १ सय ३७ र ६२३ एन्टीजेन परिक्षणका क्रममा ७४ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा कोभिड संक्रमितको संख्या तीन लाख ३६ हजार ३० पुगेको छ । त्यस्तै कोभिडका कारण थप २७ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा तीन हजार तीन सय २५ जनाको कोभिड कारण मृत्यु भएको छ ।

त्यस्तै थप १६ सय १२ जना कोभिडमुक्त हुँदा नेपालमा हालसम्म दुई लाख ८३ हजार ९९४ जनाले कोभिड जितेका छन् । हाल नेपालमा ४८ हजार ७११ संक्रिय संक्रमित आइसोलेशनमा छन् । हालसम्म नेपालमा २५ लाख ४ हजार ४७६ वटा पीसीआर परीक्षण गरेको मन्त्रालयले जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*