हेटौंडा अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु

टुडे संवादाता
२० बैशाख २०७८, सोमबार १४:३६

हेटौंडा /हेटौंडा अस्पतालमा फेरी एक जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ । यो सँगै अस्पतालमा हिजो र आज गरेर ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा महोत्तरी जलेश्वर घर भएकी ५० बर्षीय महिलाको मृत्यु भएको हेटौंडा अस्पतालका कोभिड इन्चार्ज डाक्टर सागर काफ्लले बताएका छन ।

डा.काफ्लेका अनुसार उनलाझ कोरोना संक्रमणभई भेन्टिलेरमा राखेर उपचार गराइरहेकाे थियोे ।

त्यस्तै हिजो राती हेटौंडाका ५५ बर्षीय पुरुष र आज बिहान बारा अमलेखगन्जका ४६ बर्षीय एक पुरुषको उपचारको क्रममा मृत्यु भएको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*