हेटौंडा ६ नम्बर वडा कार्यालयद्वारा एक सहकारी संस्थालाई एक थान कम्प्युटर सहयोग

टुडे संवादाता
२१ बैशाख २०७८, मंगलवार १२:१२

हेटौंडा/ हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ ले वडामा रहेको एक सहकारी संस्थालाई एक थान कम्प्युटर सहयोग गरेको छ । कार्यालयले हेटौडा–६,चुच्चेखोलामा रहेको नारीचेतना बचत तथा ऋण सहकारी संस्थालाई एक थान कम्प्युटर हस्तान्तरण गरेको छ ।

हेटौडा–६ का वडाअध्यक्ष अर्जुनप्रसाद चौलागाँईले मंगलबार बिहान संस्थाकी अध्यक्ष सम्झना खरेललाई उक्त कम्प्युटर हस्तान्तरण गरेका हुन।कम्प्युटर हस्तान्तरण गर्दै वडा अध्यक्ष चौलागाँईले संस्थाको संस्थागत विकासको लागि कम्प्युटर प्रदान गरेको बताए ।वडा कार्यालयले वडामा रहेका विभिन्न सहकारी संस्था र आयआर्जनका लागि सहयोग गर्दै आएको बताए ।

हेटौडा–६ का वडा अध्यक्ष चौलागाँईको प्रमुख आतिथ्यता एवम सहकारीकी अध्यक्ष सम्झना खरेलको सभाध्यक्षतामा कार्यक्रममा संस्थाकी संस्थापक अध्यक्ष हिरादेवी दहाल, कामधेनु बहुउद्धेश्यीय सहकारीका अध्यक्ष उदय बिडारी, टोल विकास संस्था वडा समन्वय समिति, हेटौडा–६ का अध्यक्ष केशव धिताल, चुच्चेखोला सामुदायिक वनका कार्यालय सचिव केदारप्रसाद गौतम, संस्थाकी कोषाध्यक्ष शर्मिला ढकाल, व्यवस्थापक मोदकुमारी दाहाल लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।६ सय जना शेयर सदस्य रहेको सहकारीले हाल २ करोड भन्दा बढीको कारोवार रहेको जनाइएको छ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*