हेेेटौंडा अस्पतालमा  थप एक कोरोना संक्रमितको मृत्यु , हाल सम्म अस्पतालमा ६ जनाको मृत्यु

हेटौडा टुडे
२२ बैशाख २०७८, बुधबार १०:४१

                                                                     हेटौंडा \  हेेेटौंडा अस्पतालमा  बुधबार बिहान थप एक जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरगढी -५ बस्ने ६८ वर्षीय एक पुरुष रहेको हेटौंडा अस्पतालका कोभिड इन्चार्ज  डाक्टर सागर काफ्लेले बताएका छन् । पुरुषको कोरोना पुष्टि भएर अस्पतालमा उपचारका क्रममा मृत्युु भएको छ ।  यो सँगै हेटौंडा अस्पतालमा संक्रमित ६ जनाको मृत्यु भएको छ। यसअघि, हेटौंडाका ५५ बर्षीय पुरुष र बारा अमलेखगन्जका ४६ बर्षीय एक पुरुष र महोत्तरी जलेश्वर घर भएकी ५० बर्षीय महिला र हेटौंडा-६ की ४१ बर्षीय एक महिला र बारा अमलेखगन्जका ५९ बर्षीय पुरुष को उपचारको क्रममा मृत्यु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*